काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई कोरोना संक्रमणमुक्त भएका छन् ।
संक्रमित भएको १२ दिनपछि आफू कोरोना संक्रमणबाट मुक्त भएको डा. भट्टराईले समाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
आज पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनले बताए । उनले अब आफू सार्वजनिक कार्यक्रममा फर्कने उल्लेख गरेका छन् ।
देशभित्र र बाहिरबाट स्वास्थ्यलाभको कामना गर्ने शुभेच्छा व्यक्त गर्नेमा उनले आभार व्यक्त गरे ।