Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • फागुन १ गतेदेखि रात्रिकालिन व्यवसायहरू सञ्चालनका लागि सिफारिस

    फागुन १ गतेदेखि रात्रिकालिन व्यवसायहरू सञ्चालनका लागि सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, २३ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले आगामी फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर जिम, फिल्म हल, फुटसललगायत रात्रिकालिन व्यवसायहरू दोहोरी, डान्सबारलगायत सञ्चालनका लागि सिफारिस गरेको छ ।

    सिफारिस अनुसार रात्रिकालिन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।



    यस्तै, बैठकले भोलि (सोमबार)देखि जोरबिजोर प्रणाली हटाउन समेत सिफारिस गरेको छ ।



    यसैगरी, आगामी फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न गराउन सिफारिस गरेको छ । १२ वर्ष पूरा भएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार