Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख्यमन्त्री राईद्वारा मन्त्रिपरिषद विस्तार, थपिएका मन्त्रीहरु को–को ? (नामावलीसहित)

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले सात वटा मन्त्रालयलाई फुटाएर १३ मन्त्रालय बनाउँदै मन्त्रिपरिषद विस्तार गरेका छन् ।

मुख्यमन्त्री राईले सत्तारूढ गठबन्धनका दलहरूलाई समेटेर आज मन्त्रिपरिषद विस्तार गरेका हुन् । राई नेतृत्वको मन्त्रिपरिषदमा ईन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री छन् । उनी यसअघि देखि नै मन्त्री थिए।

यस्तै, हिमाल कार्की सडक पूर्वाधार तथा सहरी विकास मन्त्री भएका छन् भने केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री भएका छन् । उनीहरू पनि यसअघि नै मन्त्री भइसकेका थिए।

यसैगरी, स्वास्थ्य मन्त्रीमा जयराम यादव, खानेपानी सिंचाइ तथा ऊर्जा मन्त्रीमा रामकुमार राई नियुक्त भएका छन्। राजन राई सामाजिक विकास मन्त्री, खिनुलङवा लिम्बु पर्यटन तथा संस्कृति मन्त्री भएकी छन्।

झलकबहादुर मगर कृषि मन्त्री भए भने शेखरचन्द्र थापा वन वातावरण तथा भू-संरक्षण मन्त्री भएका छन् । यस्तै ओमप्रकाश सरावागी उद्योग, श्रम तथा रोजगार मन्त्री र प्रतापप्रकाश हाङगाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त भएका छन्।

यसैगरी, उपेन्द्रप्रसाद घिमिरेलाई यातायात व्यवस्था तथा सञ्चार मन्त्री र विष्णु तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरिएको छ । गत कात्तिक १६ मा राई मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077