Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • स्थानीयलाई त्रसित पारेको आरोपमा दुई नाबालकसहित सात युवा पक्राउ

    स्थानीयलाई त्रसित पारेको आरोपमा दुई नाबालकसहित सात युवा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २३ माघ २०७८
  • 1K
    SHARES

    दाङ । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरले स्थानीयलाई त्रसित पारेको आरोपमा सात जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ९ निवासी २५ वर्षीय सन्तोष बस्याल, २३ वर्षीय पोषण ओली २१ वर्षीय अलिज मिया, वडा नं. ६ निवासी २१ वर्षीय केतु ओली, वडा नं. ९ निवासी १८ वर्षीय मोहन बस्नेत रहेका छन् । समूहमा १६ र १७ वर्षीय दुई जना नाबालक पनि रहेकाे प्रहरीले जनाएकाे छ ।



    जिल्ला प्रहरी कार्यालय दाङ अनुसार आइतबार बिहान ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका ३ भ्युडरमा रहेकाे खाली गोठबाट उनीहरुलाई पक्राउ गरिएको हो।



    उनीहरुलाई रक्सी सेवन गरी पेस्ताेल आकारको आगो बालेर स्थानीयलाई त्रसित पारेको भन्ने सूचनाको आधारमा खटिएको तुलसीपुर इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।

    उनीहरुको साथबाट प्रहरीले तीन थान हँसिया, बन्चरो एक थान, खुडा एक थान र पेस्ताेल जस्ताे देखिने लाइटर एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । साथै उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार