एजेन्सी । भारतको दिल्ली सरकारले भोलिदेखि विद्यालय खोल्ने निर्णय गरेको छ ।
कोरोना संक्रमणको दर र संख्या घट्दै गएपछि विपद् व्यवस्थापन प्राधिकरणको शुक्रबार बसेको बैठकले भोलिबाट माध्यमिक तहका कक्षा सञ्चालन गर्ने अनुमति दिएको हो ।
पहिलो चरणमा कक्षा ९ देखि १२ सम्मका कक्षा भौतिक रूपमा सञ्चालनमा ल्याइन लागेको हो ।
कक्षा ९ देखि १२ मा अध्ययनरत विद्यार्थीमध्ये अधिकांशले कोरोनाविरुद्धको खोप लगाइसकेका र अहिले संक्रमण घटेकाले उक्त निर्णय लिएको प्राधिकरणले जनाएको छ ।
दिल्लीमा जनवरी ३ बाट १५ देखि १७ वर्षका उमेरका किशोरकिशोरीलाई खोप लगाउन थालिएको हो । दिल्लीमा डिसेम्बर २८ बाट सम्पूर्ण विद्यालयहरू बन्द गरिएको थियो ।
Leave a Reply