काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
आज एक कार्यक्रमकाबिच उनी कांग्रेसमा प्रवेश गरेका हुन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट कृष्णनगर नगरपालिकाको नगर प्रमुख पदमा विजयी भएका शाहको कांग्रेस प्रवेशलाई जिल्लामा महत्त्वका साथ हेरिएको छ ।
उनलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नम्बर ३ का सांसद अभिषेकप्रताप शाह र जिल्ला सभापति अब्दुल कलाम खाँले संयुक्त रुपमा स्वागत गरेका थिए ।
Leave a Reply