Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

    चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २२ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चिसोले कठ्याङ्ग्रिएर पाल्पाको सदरमुकाम तानसेनमा दुई जनाको मृत्यु भएको छ ।

    चिसोले कठ्याङ्ग्रिएर तानसेन नगरपालिका–४ बडिज्ञान टोलमा बस्ने ३८ वर्षीय वसन्त गिरी र अर्घाखाँचीको छत्रकोट गाउँपालिका –४ का ५० वर्षीय गणेश परियारको मृत्यु भएको हो ।



    उनीहरु दुबै जनाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाँतीले जानकारी दिए । तानसेनमा ज्याला मजदुरी गर्दै आएका गिरीको शव शनिबार बिहान तानसेन नगरपालिका –४ सिल्खान टोलस्थित तानसेन–गुल्मी सडकको भित्तामा घोप्टो परेको अवस्थामा पेला परेको थियो ।



    त्यस्तै अर्घाखाँचीको छत्रकोट स्थायी घर भएका परियार तानसेन नगरपालिका –६ बसपार्क नजिकै अचेत अवस्थामा भेटिएका थिए । अचेत अवस्थामा रहेका उनलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लगे पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

    चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार