Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • स्थानीय तहको चुनावको मिति केही दिनमै घोषणा गर्ने सरकारको तयारी

    स्थानीय तहको चुनावको मिति केही दिनमै घोषणा गर्ने सरकारको तयारी

    अनलाइन नेपाल
  • शनिबार, २२ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । अबको एक, दुई दिनभित्रै चुनावको मिति घोषणा गर्ने सरकारले तयारी गरेको हो ।

    निर्वाचन आयोगले जेठ ४ गते एकै चरणमा चुनाव गर्ने प्रस्ताव गरेको पाँच दिन हुँदा पनि सरकारले निर्णय गर्न ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ ।



    तर आवश्यक तयारी नपुगेकाले अस्ति बिहीवार मन्त्रिपरिषद्को बैठक बस्न नसकेको र अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सरकारले जनाएको छ ।



    अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

    तोकिएकै समयमा चुनाव गर्न सरकार प्रतिबद्ध रहेको उनले दाबी गरे । मन्त्रिपरिषद्को नियमित बैठक सोमवार र बिहीवार बस्ने गर्छ ।

    यसअघि आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलमा जेठ ४ गते चुनाव गर्ने समझदारी भएको थियो ।

    सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गर्न बाँकी रहँदा निर्वाचन आयोग भने चुनावको तयारीमा जुटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार