काठमाडौं । वाग्मती प्रदेशमा राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्रीका रूपमा आएपछिको एक सय दिनमा गरेका कामको उपलब्धि सार्वजनिक गरिएको छ ।
आफू नेतृत्वको सरकारले २०७८ कात्तिक ११ गते पदबहाली भएपछि गरेका उपलब्धि आज शुक्रवार मुख्यमन्त्री पाण्डेले प्रदेशका मन्त्रीहरू, सचिवहरू, पत्रकारहरूको रोहबरमा सार्वजनिकगरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले आफू नेतृत्वको माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादी सम्मिलित गठबन्धन सरकारको एक सय दिनको प्रमुख उपलब्धि ६७ बुँदामा सार्वजनिक हुन् ।
प्रदेशवासीको हित, विकास र सुशासनको प्रत्याभूति, सङ्घीय शासन प्रणालीको सबलीकरण, न्यायपूर्ण, विभेदरहित, समतामूलक समाज निर्माण र सबल एवम् समृद्ध प्रदेश निर्माणको सङ्कल्पका साथ गठित सरकारले कार्यभार सम्हालेको आज एक सय दिन पुगेको उपलक्ष्यमा गरेका कामहरू सार्वजनिक गरिएको हो ।
Leave a Reply