Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • विश्व क्यान्सर दिवस आज, विविध कार्यक्रम गरी मनाइँदै

    विश्व क्यान्सर दिवस आज, विविध कार्यक्रम गरी मनाइँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २१ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । आज विश्व क्यान्सर दिवस । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।

    यसवर्ष ‘क्यान्सरको उपचारमा पहुँचको दूरीलाई बन्द गरौँ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । नेपालमा क्यान्सरको क्षेत्रमा सक्रिय सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् ।



    विश्व स्वास्थ्य सङ्गठनका अनुसार निको नहुने खोकी लागिरहने, स्वर धोद्रो हुने, स्तन वा शरीरमा गिर्खाहरु आउने, शरीरको कुनै ठाउँबाट रगत बग्ने, निको नहुने घाउ हुने, कालो कोठीहरु आउने, अपच हुने, दिसा सामान्य नहुने लक्षण देखिएमा क्यान्सरको शङ्का गर्न सकिन्छ ।



    सरकारले क्यान्सर रोग लागेका बिरामीलाई उपचारमा एक लाख रुपैयाँ सहुलियत दिने गरेको छ । पुरुषमा फोक्सो, पेट, हड्डी र रगतको क्यान्सर तथा महिलामा मुख्यगरी स्तन क्यान्सर, डिम्बासयको क्यान्सर र पाठेघरको क्यान्सर धेरै देखिने गरेको छ ।

    विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा ३२ हजार क्यान्सरका बिरामी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार