Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राहदानी बनाई दिने भन्दै रकम लिई ठगी गर्ने एकजना पक्राउ

काठमाडौं । काठमाडौंमा राहदानी बनाई दिने भनी रकम लिई ठगी गर्ने एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ५ संगमचोक बस्ने ३५ बर्षीय मनोज सापकोटा रहेका छन् ।

काठमाडौंको त्रिपुरेश्‍वरस्थित राहदानी बिभागमा राहदानी बनाउन आएका सर्लाहीका सोम बहादुर स्याङ्तानलाई राहदानी बनाई दिने भनी आफूलाई उनले १२ हजार रुपैयाँ लिई सम्पर्कबिहिन भएका थिए ।

महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले सापकोटालाई नियन्त्रणमा लिएको हो । उनीमाथि ठगी, आपराधिक बिश्‍वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूरमा मुद्धा दर्ता गरिएको प्रहरी बृत्त कालिमाटीले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतबाट ५ दिनको अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077