Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मानव अधिकार आयोगले मन्त्री यादवलाई भन्यो-'सामाजिक सद्भावमा खलल पुर्‍याउने अभिव्यक्ति नदिनु'

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको छ । आयोगले बिहीवार मन्त्री यादवलाई आयोगमै बोलाएर सोधपुछसँगै अबदेखि उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको हो ।

गत माघ ५ गते समाजवादी युवा संघले रौतहटको गौरमा आयोजना गरेको सभामा मन्त्री यादवले दिएको अभिव्यक्तिप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जानकारी लिने क्रममा मन्त्री यादवले आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगे पनि कसैप्रति लक्षित र पूर्वाग्रही नभएको तथा हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको बताएको आयोगले जनाएको छ ।

गौरमा आयोजित कार्यक्तममा मन्त्री यादवले नजमत पार्टीका अध्यक्ष सिके राउतलाई गौर हत्याकण्डा मच्चाउने अभिव्यक्ति दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077