Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • जाल्पा सामुदायिक लघुवित्तको आईपीओ भोलिदेखि

    जाल्पा सामुदायिक लघुवित्तको आईपीओ भोलिदेखि

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ लाख २२ हजार कित्ता आईपीओ भोलि (माघ २१ गते)देखि जारी गर्ने भएको छ ।

    कम्पनीले प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख रूपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो । माघ ९ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिएको थियो ।



    ५ लाख २२ हजार कित्ता शेयरमध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याइएको छ भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।



    बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । माघ २१ गतेबाट बिक्री खुला हुने आईपीओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार