Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • पशुपति क्षेत्रका अव्यवस्थित फूल-उपहार पसल र टहरा हटाउन १५ दिने ‘अल्टिमेटम’

    पशुपति क्षेत्रका अव्यवस्थित फूल-उपहार पसल र टहरा हटाउन १५ दिने ‘अल्टिमेटम’

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित टहरा हटाउन निर्देशन दिएको छ । बुधबार एक सूचना जारी गर्दै कोष परिषरमा रहेका अव्यवस्थित फलफूल, उपहार पसल, टहरा हटाउन निर्देशन दिएको हो ।

    कोषले विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्ने उद्धेश्यले अव्यवस्थित टहरा हटाउन लागिएको कोषले जनाएको छ ।



    ‘पशुपति क्षेत्रका मूल सडक, सहायक सडकहरूका पेटी, डबलीहरू र खुला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्र समेतमा अव्यवस्थित छाप्रा बनाई फूल, उपहारजन्य पसल व्यवसाय गर्ने र बसोबास गर्ने कार्यहरू भएको छ,’ सूचनामा उल्लेख छ ।



    पशुपति क्षेत्रको सौन्दर्यमा नकारात्मक असर पर्नुका साथै भक्तजन, तीर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुग्न गएको कोषले जनाएको छ । १५ दिनभित्र खाली गरी हट्न र सामानहरू हटाउन पशुपति क्षेत्र विकास कोषले निर्देशन दिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार