Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध विप्लवका कार्यकर्ताको प्रदर्शन

काठमाडौं । नेत्र बिक्रम चन्द 'विप्लव' नेतृत्वको माओवादी निकट विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध टायर बालेर प्रदर्शन गरेका छन् ।

संगठनले बुधबार दिउँसो काठमाडौंस्थित त्रिचन्द्र क्‍याम्पसअगाडि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारविरुद्ध टायर बालेर प्रदर्शन गरेका हुन् ।

सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल/मट्टीतेल प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको थियो ।

हाल काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १४२ तथा डिजेल र मट्टटितेल १२५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077