Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् राशिफल

काठमाडौं । आज १९ माघ २०७८ बुधवार को राशिफल ।

ज्योतिषशास्त्रमा बृहस्पति र चन्द्रमाको भ्रमणले राशिफल निस्चित गर्दछ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ?

भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योग पनि छ ।

मिथुन

आज लगानीको वातावरण बन्नेछ । मुद्दा मामिलामा सफलता पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

सिंह

शुभ समाचार सुन्न पाइएला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । शिक्षामा सफलता मिल्ला ।

तुला

आज राजनीति अधिकारमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

धनु

बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ

कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

बृष

आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

कर्कट

आज चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम बिग्रनसक्छ ।

कन्या

पढाइ लेखाइमा प्रगति हुने र रमाइलो यात्राको योग रहेको छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सेयरबजारबाट पनि लाभ मिल्नेछ ।

बृश्चिक

आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यापार व्यवसायमा भने औसत लाभ नै हुनेछ ।

मकर

आज नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । वित्तिय संस्था बाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

मीन

खानपिनमा सजगता अपनाउनु पर्नेछ । मनमा शङ्का उत्पन्न हुनेछ । अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077