काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो ।
उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको सिफारिसमा नियुक्त गरिएको बताइएको छ ।
अधिकारी यसअघि प्राधिकरणको राष्ट्रिय गौरव आयोजना प्रमुख (निर्देशक) थिए ।
उनी ११ औं तहका कर्मचारी हुन । हाल ११ औं तहका अधिकारी महानिर्देशक बन्दा प्राधिकरणका १२औं तहमा ६ जना उपमहानिर्देशकहरु छन् । वरिष्ठता मिचेर अधिकारीलाई महानिर्देशकमा नियुक्त गरिएको छ ।
Leave a Reply