Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बेवारिसे अवस्थामा ६४ बोरा चिनी फेला

    बेवारिसे अवस्थामा ६४ बोरा चिनी फेला

    अनलाइन नेपाल
  • मंगलबार, १८ माघ २०७८
  • 1.4K
    SHARES

    कैलाली । कैलालीमा प्रहरीले बेवारिसे अवस्थामा भन्सार छली ल्याएको चिनी बरामद गरेको छ ।

    जिल्लाको भजनी नगरपालिका १ स्थित भजनी रजवारा ग्रामीण सडक खण्डको छेउमा बेवारिसे अवस्थामा ६४ बोरा चिनी फेला पारी बरामद गरिएको हो ।



    आज बिहान इलाका प्रहरी कार्यालय भजनी कैलाली बाट खटिई गएको प्रहरी गस्ती टोलीले सो चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    बरामद गरिएको चिनी आवश्यक कारबाहीको लागि सत्ति भन्सार कार्यालय टीकापुर पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार