काभ्रे । सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाइएको छ ।
मंगलबार बिहान गृहजिल्ला सिन्धुपाल्चोक जाने क्रममा बनेपामा उनलाई अनेरास्ववियु काभ्रेले कालो झण्डा देखाएको हो ।
एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएका बेला उसको भ्रातृ संगठनले कालो झण्डा देखाएको हो ।
यसअघि मंगलबार बिहान पुल्चोकमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि एमाले कार्यकर्ताले कालोझण्डा देखाएका थिए ।
Leave a Reply