Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीन पसलमा आगलागी हुँदा लाखौँको क्षति

बाजुरा । बाजुरामा तीनवटा पसलमा आज आगलागी भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाव्लाको माल्टा बजारमा व्यवसाय गर्दै आएका स्थानीयवासी शेरबहादुर रावतसहित तीनजनाको पसलमा आगलागी हुँदा लाखौँको क्षति पुगेको हो ।

रावतको पसलबाट आगलागी सुरु भएर भरत रावतको कस्मेटिक पसल र मोहन नेपालीको सिलाइ कटाइमा समेत आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी बाजुराका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले बताए।

उनका अनुसार आगलागी हुँदा लाखौँको क्षति भएको भएको छ । आगलागीबाट तीनवटै पसल पूर्णरूपमा नष्ट भएको प्रहरी निरीक्षक जोशीको भनाइ रहेको छ ।

बजारमा तीन पसलमा भएको आगलागी स्थानीय, सशस्त्र प्रहरी बल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ । आगलागीका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077