Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने राजेश बमले चलाएको सुपप्र ०२०००३ प ८९३८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।

अनियन्त्रित भएर रूखमा ठोक्किँदा चालक १८ वर्षीय बमको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

सोही दुर्घटनामा मोटरसाइकल पछाडि सवार पुस्कर बम घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077