Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • बस्नेत अध्यक्ष बनेपछि सक्रिय बन्दै प्रेस काउन्सिल, एकै पटक दुई वर्षको पत्रपत्रिका वर्गिकरण

    बस्नेत अध्यक्ष बनेपछि सक्रिय बन्दै प्रेस काउन्सिल, एकै पटक दुई वर्षको पत्रपत्रिका वर्गिकरण

    अनलाइन नेपाल
  • सोमबार, १७ माघ २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । प्रेस काउन्सिल नेपालले आइतबार एकै पटक दुई वर्षको पत्रपत्रिका वर्गिकरणको नतिजा सार्वजनिक गर्यो । २०७५ सालदेखि हुन नसकेको वर्गिकरण काउन्सिलले आइतबार एकै पटक आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को पत्रपत्रिका वर्गिकरणको नतिजा सार्वजनिक गरेको हो ।

    अधिवक्ता समेत रहेका पत्रकार बालकृष्ण बस्नेत काउन्सिलको अध्यक्ष बनेसँगै दुइ वर्षको वर्गीकरण एकै पटक गरिएको हाे । बस्नेतकै नेतृत्वमा काउन्सिलले गरेको उक्त निर्णयको अहिले पत्रकारहरुले स्वागत गरेका छन् । २०७८ साल जेठ २१ गते बस्नेत काउन्सिलको अध्यक्ष बनेका थिए । त्यसपछि लामो समयदेखि हुन नसकेका कामहरु समेत नियमित भइरहेका छन् ।



    अध्यक्ष बनेलगत्तै बस्नेतले आपसमा मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल सूचीकरण नगर्ने निर्णय गरेर चर्चा कमाएका थिए । बस्नेतले आफू नियुक्त भएको दुई महिना पछि अर्थात साउन २९ गते नै उक्त निर्णय गरेका थिए ।



    काउन्सिलले एक विज्ञप्ति जारी गरी ‘दर्ता भएर सञ्चालनमा आइसकेका चर्चित मिडियालाई आधार बनाइ अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडेर डोमेन दर्ता/मिडिया दर्ता गराइ मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम लिएर सूचीकरण हुन आएमा त्यस्ता न्युज पोर्टललाई सूचीकरण नगर्ने’ जनाएको थियो । जुन निर्णयलाई काउन्सिलको आचारसंहिता भित्र रहेर सञ्चालन भइरहेका अनलाईन न्यूज पोर्टलहरुले स्वागत गरेका थिए ।

    बस्नेत अध्यक्ष बनेपछि प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन पत्रकारितासम्बन्धी आचारसंहिता लागू गर्ने, प्रेस र नेपाल सरकारबीच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने, सार्वजनिक नैतिकता र नागरिकहरूको मर्यादा कायम राख्न लगाउने, प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि हस्तक्षेप हुन नदिन प्रयत्नशील रहने कार्यहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेहका छन् ।

    बस्नेत अध्यक्ष भएको साता नपुग्दै लुम्बिनी प्रदेशसभामा मिडिया काउन्सिल विधेयक दर्ता भयो । जसमा, सञ्चारमाध्यमको दर्ता नवीकरण बन्द र पत्रकारलाई कैद सजायको व्यवस्था गरिएको थियो । तर, बस्नेतले नै पहल गरेपछि उक्त विधेयक खारेज भएको थियो ।

    अध्यक्ष बस्नेत पछिल्लो समय विज्ञहरूलाई संलग्न गराई पत्रकारिता क्षेत्र, आचारसंहिता, युट्युब च्यानलहरूमाथि गरिने अनुगमनलगायतका कुराहरूमा छलफल गरि कडाईका साथ नियमन गर्न लागि परेका छन् । त्यसो त लामो समयदेखि पत्रकार महासङ्घ र प्रेस काउन्सिलबीच राम्रो सहकार्य हुन नसकेको अवस्थामा उनकै पहलमा अहिले भने सम्बध सुधार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार