Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सार्वजनिक स्थलमा प्र्याङ्क नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । नेपालमा सार्वजनिक स्थलमा प्र्याङ्क अर्थात् 'मजाक, ख्यालठट्टा वा मस्करी' नगर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

यस्ता गतिविधिका नाममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने क्रियाकलापहरू गरी त्यस्तो भिडिओ तयार गर्ने र त्यस्ता फुटेज सामाजिक सञ्जालमा अप्लोड गरेको गुनासो तथा सूचना प्राप्त भइरहेको जनाउँदै मन्त्रालयले त्यस्ता कार्य नगर्न निर्देशन दिएको हो।

गृह मन्त्रालयले गत बिहीवार सार्वजनिक गरेको विज्ञप्तिमा 'व्यक्तिको अनुमतिबिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्यक्तिको अनुमति/सहमतिबिना कुनै पनि प्रकारको भिडिओग्राफी गरी सामाजिक सञ्जालहरूमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई कारबाही गरिने' उल्लेख गरिएको छ।

नेपालमा केही समयदेखि प्र्याङ्कका नाममा विभिन्न किसिमका क्रियाकलापहरू बढेको पाइएको र त्यस्तो गुनासो आफूहरूले प्राप्त गरेकाले सर्वसाधारणहरूलाई यसबारे सतर्क बनाइएको मन्त्रालयले जनाएको छ।

खासगरी यूट्यूब, फेसबुक र टिकटकजस्ता सामाजिक सञ्जालमा विभिन्न व्यक्ति वा समूहले सार्वजनिक स्थलमा सर्वसाधारण मानिससँग विभिन्न तरिकाले प्र्याङ्क गर्ने र गोप्य रूपमा खिचिएका भिडिओ अप्लोड गर्ने गरेको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077