Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकमुख भएर एमसीसी जनतालाई बुझाऊ, सर्वसम्मतिले संसदबाट सम्झौता पारित गरौँ : बाबुराम भट्टराई

काठमाडौं । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता संसदबाट आलटाल नगरी सर्वसम्मतिले पारित गर्न अपिल गरेका छन् । आइतबार राति सामाजिक सञ्जालमा लेख्दैँ भट्राईले सबै एकमुख भएर जनतालाई एमसीसी बोर बुझाउन समेत आग्रह गरेका हुन् । उनले एमसीसीका नाममा प्रतिगमनविरुद्ध एकताबद्ध पाँचदलीय गठबन्धन नै टुट्न नहुने भनाई राखेका छन् । उनले लेखेका छन्,-‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं। सबै एकमुख भएर जनतालाई बुझाऔं,’ भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्, ‘यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिस्ट’का लागि घाँटीको हाड नबनोस्।’ एमसीसी पारित नभए देशमा थप आर्थिक संकट उत्पन्न हुने भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् भन्दै सचेत समेत गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077