Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • अझै केही दिन मौसम सुधार नहुने

    अझै केही दिन मौसम सुधार नहुने

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ ।

    यस मौसमी प्रणालीका कारण केही दिन देशको धेरैजसो भागमा आंशिकदेखि सामान्य बदली भइ केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    आज राति प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहनाका साथै देशको उच्च पहाडी भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावनासमेत रहेको बताइएको छ ।



    महाशाखाका अनुसार भोलि सोमवार प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार