काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले आफ्ना सुझावलाई पार्टी नेतृत्वले रद्दीको टोकरीमा फालिदिएको आरोप लगाएका छन् ।
आइतबार नेता थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै लेखेको पत्रमा यस्तो आरोप लगाएका हुन् । पूर्वअध्यक्ष समेत रहेका थापाले आफ्ना सुझावबारे पार्टीको ध्यानाकर्षण हुनुपर्ने बताएका छन्।
‘पार्टीको ऐतिहासिक एकता महाधिवेशनपछि पार्टीले गति लिने अपेक्षा गरिएको थियो । तर, अहिले परिस्थिति विस्तारै निराशाजनक हुँदै गैरहेको देखिन्छ,’ थापाले लेखेका छन्, ‘पार्टीको बृहत्तर हित र एकतालाई अक्षुग्ण राख्ने पवित्र उद्देश्यका साथ मैले उठाएका सैद्धान्तिक, राजनीतिक एवं सांगठनिक विषयलाई सम्बोधन गर्नुको सट्टा तपाईंले मेरो पत्रलाई रद्दीको टोकरीमा फालिदिनु भएको छ ।’
महाधिवेशनपछि पार्टीका कुनै पनि कार्यक्रममा आफूलाई संलग्न नगराइएको भन्दै थापाले आक्रोश पोखेका छन् । ‘पार्टीका कार्यक्रम र गतिविधि बारे मलाई कुनै सूचना र जानकारीसमेत दिइएको छैन । योजनावद्धरूपमा मलाई अलग्याउने प्रयास भैरहेको देख्छु,’ थापाले उल्लेख गरेका छन्।
यसअघि आफूले मङ्सिर २७ गते पत्र पठाएको स्मरण गराउँदै थापाले त्यसवारे आवश्यक निराकरण गर्न पुन: आग्रह गरेका छन् । ‘फेरि पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुराउने र पार्टीलाई दुर्घटनातर्फ धकेल्ने काम हुने छैन भन्ने अपेक्षा गरेको छु।’
यस्तो छ पत्र:
Leave a Reply