Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । आइतवार बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । कोरोनाको सम्भावित जोखिम यथावत् रहेको भन्दै बैठक स्थगित गर्नुपरेको संसद सचिवालयले जनाएको हो ।

अब बैठक यही माघ २६ गते बस्ने गरी निर्धारण गरेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए । संसद सचिवालयले अर्को बैठकको मिति आगामी माघ २६ गतेका लागि तय गरेको छ ।

गत पुस ६ गतेदेखि सुरु भएको संसद बैठक त्यसपछि पुस ७ गते बसेको थियो । पुस ७ मा बसेर स्थगित प्रतिनिधिसभा अब माघ अन्तिमसम्म नबस्ने भएको हो ।

यसअघि शनिबार नै सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बिहान ११ बजेको लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077