Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बुबाले ट्याक्टर चलाउँदा ट्याक्टर मुनी खेलिरहेकी दुई वर्षीया छोरीको मृत्यु

काठमाडौं । बाबुले चलाएको ट्याक्टरले किचेर झापामा एक बालिकाको मृत्यु भएको छ । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा बाबुले चलाएको ट्याक्टरले किचेर आज दुई वर्षीया छोरीको मृत्यु भएको छ।

बाबु बालकृष्ण दुलालले चलाएको ट्याक्टरले किच्दा २ वर्षिया छोरी आरोषी दुलालको मृत्यु भएको हो । घरमा पार्किङ गरेर राखेको मे१त ७५९ नम्बरको ट्याक्टर बालकृष्णले स्टाट गर्ने क्रममा ट्याक्टरमुनि खेल्दै गरेकी आरोषी घाइते भएकी थिइन्।

घाइते उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077