Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • नेपालले मरिसससँग आज पहिलो मैत्रीपूर्ण खेल खेल्दै

    नेपालले मरिसससँग आज पहिलो मैत्रीपूर्ण खेल खेल्दै

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज अफ्रिकी देश मरिसससँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल बेलुका पौने पाँच बजे दशरथ रङ्गशालामा सुरु हुनेछ ।

    राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिसससँगको दुई मैत्रीपूर्ण खेलका लागि यसअघि नै ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए। टोलीबाट पहिलो खेलका लागि २३ खेलाडी छनोट भएका छन् ।



    जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सीमित दर्शक राख्न स्वीकृति दिएको छ । दुई मैत्रीपूर्ण फुटबल खेलका लागि मरिससको राष्ट्रिय टिम नेपालमा छ । घरेलु मैदानमा हुन लागेको मरिसससँगको खेलमा सुखद नतिजा नै मुख्य लक्ष्य भएको नेपाली टोलीले जनाएको छ ।



    राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले मरिससविरुद्ध खेल अनुभव बटुल्ने अवसर भएको बताएका छन्। दोस्रो मैत्रीपूर्ण खेल मङ्गलवार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार