काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले रोकिएका परीक्षा सञ्चालनको अनुमती दिन सरकारलाई सिफारिस गरेको छ ।
शुक्रबार बसेको सीसीएमसीको बैकले रोकिएका परीक्षा सञ्चालनको अनुमती दिन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य मापदण्ड पालना गरी विश्वविद्यालयहरुका परीक्षा पुनः सञ्चालनको अनुमति दिन सीसीएमसीले सिफारिस गरेको हो ।
परीक्षाका लागि कोरोना भाइरसको खोप अनिवार्य बनाइने भएको छ ।
यसअघि मन्त्रिपरिषद् बैठकले नै पूर्व निर्धारित परीक्षा कलेजका परीक्षाहरू जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने निर्णय गरेको थियो । तर, संक्रमणदर एकदम बढेपछि परीक्षाहरू रोक्न भनिएको थियो ।
Leave a Reply