Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • मौरिससविरुद्धको खेल हाम्रा लागि नयाँ अनुभव : कप्तान लिम्बू

    मौरिससविरुद्धको खेल हाम्रा लागि नयाँ अनुभव : कप्तान लिम्बू

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेपालले मौरिससविरुद्धको पहिलो मैत्रिपूर्ण खेल भोलि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल्दैछ ।

    मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेल नेपालले भोलि खेल्ने भएको हो । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् ।



    शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरणले मैत्रीपूर्ण खेल भए पनि आफ्नो टोलीले जीतकै लागि खेल्ने भन्दै उक्त खेलबाट केही नयाँ कुरा सिक्ने र अफ्रिकी मुलुकविरुद्ध खेल्दा छुट्टै अनुभव हुने बताए ।



    “हामी इतिहासमै पहिलो पटक अफ्रिकी मुलुकसँग खेल्दैछौँ, हाम्रो लागि यो छुट्टै अनुभव हुनेछ”, किरणले भने । नेपालले अफ्रिकन राष्ट्र मौरिससँग पहिलोपटक दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

    त्यसैगरी नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले पहिलो मैत्रीपूर्ण खेलका लागि नेपालले सबै तयारी पूरा गरिसकेको भन्दै नेपालले पहिलाको गल्तीलाई सुधारेर प्रदर्शन गर्ने बताए । नेपाल र मौरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल भने मङ्गलबार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार