काठमाडौँ । यतिबेला सामाजिक संजाल टिकटकमा एउटा भिडियो निकै भाइरल भएको छ । भिडियो हो- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईको।
भिडियोमा प्रधानमन्त्री शेरबहादुर देउवाको बालकोट (एमाले अध्यक्ष केपी ओली निवास) गन्तब्यबारे प्रस्तोता र भट्टराईबीच संवाद भएको देखिन्छ । प्रधानमन्त्री लामो समयदेखि अवरुद्ध संसद सुचारु गराउन अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुग्नु भयो नी ? भन्ने प्रश्नमा जवाफ दिँदै भट्टराईले भनेका छन्, ‘संसद खुलाउन होइन, बालकोट अर्कै कारणले जानु भएको हो।’
संसद खुलाउन होइन ? भन्ने प्रश्नमा भट्टराईले भनेका छन्, ‘होइन, अर्कै कारणले हो,’ ‘के कारणले हो भन्दिनुस न ? ‘भनेर प्रस्तोताले फेरि आग्रह गरेपछि भट्टराईले भनेका छन्, ‘नभन्नै पर्ने हो, तर तपाईले सोधिहाल्नु भो, यो यी अहिले मैले लिएर हिँडेका शक्तिहरु (प्रचण्ड र माधव)सँग लामो यात्रा नहुने भो, यस्तो अस्थिर शक्तिहरुलाई धन्न धन्न तपाईले तीन/ साँढे तीन बर्ष भन्दा धेरै संगै लिएर हिड्नु भा रैछ, मलाई एक चोटी एमालेले साथ दिन पर्यो, सरकारमा आइदिन पर्यो, एमसीसी पनि पास गरौं भन्न देउवा बालकोट आउनु भयो।’
‘के यो सत्य कुरा हो ? भन्ने अर्को प्रश्नमा भट्टराईले दाबी गर्दै भने, म नेकपा एमालेको प्रमुख सचेतक आधिकारिक व्यक्ति बोल्दै छु, उहाँले के भन्नु भयो, केपी कमरेडले भने- आजका मितिमा तपाईहरुले केही गर्न नसकेर, सर्वोच्च अदालत लगाएर, परमादेश गरेर हामीलाई हटाउने, यति घण्टाभित्र प्रधानमन्त्री चाहियो भनेर, दुनियाँमा कही नभएको परमादेश गराएर बल्ल बल्ल हुनु भा छ। तपाई यही लिएर हिड्नुस, मलाई गठबन्धन भत्काउन कुनै रुचि छैन, मलाई अर्को कुनै गठबन्धन बनाएर मन्त्री/प्रधानमन्त्री -खानु पनि छैन यस कारणले गर्दा एमसीसी पास गर्नु पनि छैन, त्यसकारण तपाईले चाइने यो कुरा एमालेलाई कुनै हरियो घाँस देखाएर, पल्काएर अब एमसीसी पास गराउने कुरा र फेरि सरकारमा जाने कुरा गरेको भए तपाइको प्रयास बेकार छ।’
हेर्नुहोस् भिडियो:
@kp_acharyaदेउबाको बालकोट जानुको रहस्य खुल्यो!!♬ original sound – kp acharya
Leave a Reply