काठमाडौं । उपत्यकाका तीनवटै जिल्ला( काठमाडौँ, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक आज बस्ने भएको छ ।
तीनवटै जिल्ला प्रशासन कार्यालयले सवारी साधन चलाउन लगाइएको जोरबिजोर प्रणालीबारे सर्वत्र आलोचना भएपछि आज तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले यसबारे थप निर्णय लिन छलफल गर्ने भएका हुन् ।
कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्ने भनेर माघ ८ गतेदेखि सवारी साधनमा जोरबिजोर लागू गरिए पनि त्यसले झन् भीडभाड बढाएको भन्दै गुनासो आउन थालेको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जोरबिजोर प्रणालीबारे सिसिएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव लिएर आज निर्णय लिइने जानकारी दिएका छन् ।
सरकारले कोरोना संक्रमण फैलिन नदिन भन्दै जोरबिजोर प्रणाली लागू गरे पनि यो प्रभावकारी भएको देखिँदैन । चिकित्सकदेखि सर्वसाधरणहरुले यसको विरोध गरिरहेका छन् ।
Leave a Reply