एजेन्सी । अमेरिकाले युक्रेनको विषयलाई लिएर रुसी ग्याँस पाइपलाइन सञ्चालन हुन नदिने चेतावनी दिएको छ ।
युरोप जोड्ने प्रमुख रुसी ग्याँस पाइपलाइनलाई सञ्चालन हुन नदिने अमेरिकाले चेतावनी दिएको हो ।
नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन हो । रुसले युक्रेनमा हमला गरे ग्याँस पाइपलाइन परियोजनामा प्रतिबन्ध लाग्न सक्ने भनिएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नोर्ड प्राइसले रुसले युक्रेनमाथि आक्रमण गरेमा नोर्ड स्ट्रिम टु अघि नबढ्ने बताए । साथै अमेरिकाले जर्मनीसँग मिलेर काम गर्ने उल्लेख छ ।
Leave a Reply