Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, यी हुन एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिवसमेत रहेका राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले बैठक अपरान्ह ३ बजे भर्चुअल माध्यममा बस्न लागेको जानकारी दिए ।

बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको सहभागिता रहनेछ । बैठकको एजेण्डा केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने रहेको पौडेलले बताए ।

यस्तै मंगलबार भएको राष्ट्रियसभा निर्वाचनको समीक्षा र तीन तहको निर्वाचनसँगै गठबन्धनलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077