Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरे कारबाही गर्ने चेतावनी

काठमाडौं । अब सम्बन्धीत व्यक्तिको सहमति बिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न नपाइने भएको छ ।

गृह मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिको अनुमति बिना तस्बिर खिचेर वा ‘भिडियो’ बनाउनेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको हो ।

सार्वजनिक स्थलमा ख्याल ठट्टाका नाममा गोप्य रूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो आएपछि मन्त्रालयले सो निर्णय गरेको हो ।

सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न गृह मन्त्रालयले सम्बद्ध सबैलाई सचेत समेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077