Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुधबार शव भेटिएको मोरङको उखुबारीमा आज अर्को पनि शव भेटियो

काठमाडौं । बुधबार गाडिएको अवस्थामा शव भेटिएको मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा आज अर्को पनि शव भेटिएको छ । उखुबारीमा रहेका दुई खाल्डामध्ये एउटामा बुधबार शव भेटिएको थियो भने अर्को खाल्डो बिहीबार उत्खनन गरिएको थियो ।

बिहीबार उत्खनन गरिएको खाल्डोमा पनि शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेपछि प्रहरीले शव खाल्डोबाट बाहिर निकाल्ने तयारी थालेको छ ।

हिजो (बुधबार) प्रहरीले सोही ठाउँबाट एक पुरुषको शव फेला पारेको थियो । दुबै शव एकै पटक खाल्डो खनेर पुरेको हुन सक्ने प्रहरीको भनाइ छ । शवको पहिचान भइसकेको छैन । दुई खाल्डो उखुबारीमा करिब २० मिटरको दूरीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077