Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कुन गाउँमा कति छन् जनसंख्या ? (विवरणसहित)

    कुन गाउँमा कति छन् जनसंख्या ? (विवरणसहित)

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । जसअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।

    यो १० वर्ष अगाडि २०६८ को तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ जना बढी हो । जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहेको नेपालमा कुल ५६ लाख ४३ हजार ९ सय ४५ वटा घर रहेको पाइएको छ । यी घरमा कुल ६७ लाख ६१ हजार ५९ वटा परिवार बसोबास गर्छन् ।
    जनगणना अनुसार सबैभन्दा धेरै जनसंख्या वृद्धिदर भएका जिल्लाहरु भक्तपुर, रुपन्देही,चितनव, बाँके र सुनसरी रहेका छन् भने जनसंख्या वृद्धिदर ऋणात्मक भएका जिल्लाहरु रामेछाम, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम रहेका छन् ।



    सबैभन्दा धेरै जनसंख्या वृद्धिदर ऋणात्मक भएका जिल्लाको संख्या ३६ रहेको छ भने जनसंख्या वृद्धिदर धनात्मक भएको जिल्लाको संख्या ४५ रहेको छ ।



    यस्तै सार्वजनिक तथ्यांक अनुसार सबैभन्दा धेरै जनसख्या बाँकेको बैजनाथ गाउँपालिकामा ७०,३१५ र सबैभन्दा कम जनसंख्या भएको मनाङको नार्फाभूमि गाउँपालिकामा ४४२ रहेको छ ।

    सबैभन्दा धेरै जनसख्या भएको काठमाडौं महानगरपालिकामा ८,६५,९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १०,१८७ जनसंख्या रहेको विभागले जानकारी दिएको छ ।

     

    यस्तो छ तथ्यांक विभागको नतिजा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार