Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौं । रौतहटको गरुडा नगरपालिका–४, गरुडामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार रौतहटको गढीमाई नगरपालिका–८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साहको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।

ना६२प ३३९९ नम्बरको मोटरसाइकल गए राति करिब सवा ११ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो ।

सवार दुईजनामध्ये मोटरसाइकल चालक यकिन नभएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077