Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडी बढ्ने

    फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडी बढ्ने

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 1.2K
    SHARES

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्यले गति लिने भएको छ ।

    बुधबार सरकारले वन क्षेत्रको जग्गाको भोगाधिकार दिने निर्णय गरेपछि फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्य अगाडि बढने भएको हो । वन तथा वातावरण मन्त्रालयले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सामुदायिक वन क्षेत्रको जग्गाको भोगाधिकार दिने निर्णय गरेको नगर प्रमुख दिलबहादुर ऐरले बताए ।



    “मन्त्रालयले सामुदायिक वन क्षेत्रको जग्गामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि स्वीकृति प्रदान गर्दा तीन वर्षदेखि काम अलपत्र परेको थियो”, उनले भने, “सामुदायिक वनको नौ विघा १० कट्टा जग्गामा रु ३० करोडको लागतमा केन्द्र निर्माणका लागि बाटो खुलेको छ, चाँडै ठेक्का प्रक्रियामार्फत निर्माणको काम अगाडि बढ्छ ।”



    सामुदायिक वनले केन्द्र निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरे पनि डिभिजन वन कार्यालयले नेपाल सरकारबाट जग्गाको भोगाधिकार नआउँदासम्म फोहर व्यवस्थापन केन्द्र निर्माणको कार्य गर्नमा अवरोध गर्दै आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार