काठमाडौं । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ ।
आजका विजेताले फाइनलमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् । त्यसैले आजका दुवै टिमलाई जित्नै पर्ने बाध्यता रहेको छ ।आजका विजेताले एपीएफसँग उपाधिका लागि खेल्ने छ ।
यसअघि हिजो भएको खेलमा मछिन्द्र क्लबलाई ३–१ गोलले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।
फाइनल खेल शनिबार हुँदैछ । १० टोली सहभागी प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।
Leave a Reply