Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • देशका विभिन्न भू–भागमा मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

    देशका विभिन्न भू–भागमा मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । देशका पहाडी केही भू–भागमा मौसम आंशिक बदली र तराईमा हुस्सु/कुहिरो लागेको छ ।

    अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    आज दिउँसोपछि प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ ।



    ती क्षेत्रका केही ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली केही ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिए ।

    पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलिदेखि भने क्रमिक सुधार हुँदै जाने अनुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार