Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • पशुपति धर्मशाला विवाद : थापाको नेतृत्वमा छानबिन तथा कारबाही सिफारिस समिति गठन

    पशुपति धर्मशाला विवाद : थापाको नेतृत्वमा छानबिन तथा कारबाही सिफारिस समिति गठन

    अनलाइन नेपाल
  • मंगलबार, ११ माघ २०७८
  • 2K
    SHARES

    काठमाडौं । पशुपति विकास कोषले पशुपति धर्मशालामा सञ्चालित होटल आनन्दको छानबिनका लागि अर्को समिति गठन गरेको छ ।

    मंगलबार कोषका सदस्य सचिव मिलन थापाको नेतृत्वमा छानबिन तथा कारबाही सिफारिस समिति गठन गरिएको हो ।



    सरकारी जग्गा तथा सम्पत्ति अनधिकृत रूपमा हत्याएको आरोप लागि रहेको बतास समूहले सञ्चालन गरिरहेको उक्त होटलको थप अनुसन्धानका लागि भन्दै कोषले छानबिन तथा कारबाही सिफारिस समिति गठन गरेको हो ।



    यसअघि पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सोही होटलको ठेक्का सम्झौता तथा बदमासीको बारेमा छानबिन गर्न कोषकै कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए ।

    उक्त समितिले बतास समूले सम्झौता विपरीत गतिविधि गरेको प्रतिवेदन गत माघ ३ गते सरकारलाई बुझाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार