काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब स्टारलाई १-० अन्तरले पराजित गर्दै आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा थ्रीस्टार क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा पुगेको हो ।
मंगलबार पोखरा रंगशालामा भएको खेलका ७० औं मिनेटमा वैकल्पिक खेलाडी राजिव गुरुङले गरेको एक मात्र गोल निर्णायक बन्यो ।
आर्मीको जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आर्मीले फाइनलमा प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।
अर्कातिर फाइनल प्रवेशका लागि एपीएफ फुटबल क्लब र मछिन्द्र फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
Leave a Reply