Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • मसला ठानेर खानामा ‘विषादी’ हाल्दा ५ जना बिरामी

    मसला ठानेर खानामा ‘विषादी’ हाल्दा ५ जना बिरामी

    अनलाइन नेपाल
  • मंगलबार, ११ माघ २०७८
  • 1K
    SHARES

    कैलाली । कञ्चनपुरमा खानामा मुसा मार्ने विषादी हाल्दा एकै परिवारका ५ जना बिरामी भएका छन् ।

    मंगलबार बिहान जिल्लाको कृष्णपुर नगरपालिका– ६ मा दालमा मसलाको सट्टा गल्तीले विषादी पर्दा उनीहरु बिरामी परेका हुन् ।



    विषादीयुक्त खाना खाएर ६५ वर्षीया रमादेवी विष्ट, ४५ वर्षीया कलावती, १७ वर्षीया सरिता, १४ वर्षीय शमिर र ८ वर्षीय समिक्षा बिरामी परेको आफन्तले पुष्करबहादुर सिंहले बताए।



    ‘घरमा छोराले खाना बनाउँदा दालमा गल्तीले मसलाको सट्टा विषादी हालेका रहेछन्। त्यहि खाएर सबै बिरामी परे’ उनले भने।

    घटनापछि बिरामी परेका उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पताल उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार