रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको छ ।
इलाका प्रहरी कार्यालय देवदह स्रोतका अनुसार एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउस्थित जंगलमा मंगलबार दिउँसो भेटिएको हो ।
शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने प्रहरी स्रोतको भनाइ छ।
शबको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Leave a Reply