काठमाडौं । भारतको सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगर पालिका वडा नं. १६ को दरैया बस्ती नजिकैक दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले एक पक्षीय रूपमा निर्माण गरेको सुरक्षा पोस्ट नेपाली सुरक्षा अधिकारीहरूको पहलमा हटाइएको छ ।
सोमबार उक्त सीमा क्षेत्रको निरीक्षणमा पुग्नु भएका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सशस्त्र प्रहरी बलको पहलमा भारतीय सीमा सुरक्षा बलको सुरक्षा पोष्ट दशगजा बाहिर सारिएको बताए।
उक्त क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले एकपक्षीय रूपमा सुरक्षा पोस्ट निर्माण गरेको कुरा जानकारी हुँदासाथ आफूले सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरी बललाई एसएसबीको सुरक्षा पोस्ट तत्काल हटाउन पत्राचार गर्नुका साथै भारतको अररीया जिल्लाका डिस्ट्रिक मेजेस्टेडसँग टेलिफोन वार्ता गरी एसएसबीको सुरक्षा पोस्ट हटाउन अनुरोध गरेको जानकारी दिए।
यस विषयमा भारतीय सुरक्षा अधिकारीहरूले सकारात्मक रूपमा लिएको र हाल सुरक्षा पोस्ट निर्माण गरिएको स्थानमा नेपाली सुरक्षा अधिकारीको आपत्ति रहेमा त्यहाँबाट पनि सार्न सकिने अररीया डिस्ट्रिक मेजेस्टेडले बताएको मोरङका प्रजिअ दाहालले स्पष्ट पारे । गोरखापत्र दैनिकमा समाचार छ ।
Leave a Reply