Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • भक्तपुरमा ज्वरोका बिरामी बढे, सिटामोलको आपूर्ति शून्य

    भक्तपुरमा ज्वरोका बिरामी बढे, सिटामोलको आपूर्ति शून्य

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको छ । भक्तपुरमा फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्य जस्तै भएकाले सिटामोलको अभाव भएको बताए ।

    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोलको अभाव भएको पाइएको बताइन् । सिटामोलको अभाव भएको व्यापक गुनासो आएपछि प्रशासनले यहाँको मुख्य बजार सूर्यविनायक, कमलविनायक, दुधपाटी लगायतका क्षेत्रका २० वटा औषधि पसलको अनुगमन गर्दा सिटामोलको अभाव पाइएको बताइन् ।



    उनले भनिन्, ‘गुनासो धेरै आयो, हामीले २० भन्दा बढी औषधि पसलमा अनुगमन गर्यौं, सिटामोलको वास्तविक अभाव भएकै पाइयो ।’ उनले औषधि व्यवस्था विभागमा यसबारे बुझ्न लगाएको जानकारी दिए । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.सुमित्रा गौतमले भक्तपुर अस्पालमा भने सिटामोलको अभाव नभएको बताइन् ।



    उनले भनिन्, ‘हाम्रो अस्पतालमा सिटामोल छ, अहिले पनि अस्पतालको फार्मेसीमा चार हजार ५०० सिटामोल छ, स्टोरमा पनि छ, भक्तपुर अस्पतालले आफ्नो अस्पतालमा आउने बिरामीलाई चिकित्सकको सिफारिसअनुसार निःशुल्क सिटामोल दिइरहेको छ ।’

    ज्वरोको बिरामी ह्वात्तै बढ्दा बाहिर सिटामोल अभाव भएको हुनसक्ने भन्दै उनले भक्तपुर अस्पतालमा दैनिक ७०० भन्दा बढी बिरामी बहिरङ्ग सेवा लिन आउने गरेको बताइन् । त्यसमध्येमा २५० भन्दा बढी बिरामी ज्वरो आएकै बिरामी हुने गरेको जानकारी दिँदै उनले ज्वरोको बिरामी भने निकै बढेको बताइन् ।

    कोरोना सङ्क्रमित बिरामी पनि थपिँदै जादा अस्पतालको शैया भरिन थालेको छ । अस्पतालमा रहेको ६ शय्याको आयूसियू कोरोनाका विरामीले भरिएको र आइसियू नचाहिने कारोनाका बिरामीलको चाप पनि बढेको छ । मेसु डा.गौतमले अस्पतालले दैनिक गर्ने कोरोनाको पीसीआर परीक्षणमा ८५ प्रतिशतसम्म पोजेटिभ आउने गरेकोमा आइतबार भएको परीक्षणमा भने ६५ प्रतिशतलाई कोरोना सङ्क्रमण देखिएको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार