Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • बालाजुबाट टेलिकमको तार चोरी गरेको आरोपमा पाँच युवक पक्राउ

    बालाजुबाट टेलिकमको तार चोरी गरेको आरोपमा पाँच युवक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका-६ लोलाङ हाइटस्थित बिजुलीको पोलहरुमा राखिँदै गरेको टेलिकमको तार चोरी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा बझाङ बुङ्गल नगरपालिका-७ घर भइ काठमाडौं गैरीधारा बस्ने २३ वर्षीय प्रेम बहादुर बोहरा, कैलाली घोडाघोडी नगरपालिका-२ घर भइ सुकेधारा बस्ने २५ वर्षीय नमेश बुढा, गोरखा सिराञ्चोक गाउँपालिका-१ का १८ वर्षीय किशोर, कैलाली टिकापुर नगरपालिका-१ घर भइ बानेश्वर बस्ने २४ वर्षीय गोबिन्द साउँद र काभ्रे बनेपा नगरपालिका-१२ घर भइ नयाँ बजार बस्ने ३० वर्षीय प्रबिन कार्की रहेका छन् ।



    काठमाडौं तारकेश्वर नगरपालिका-६ धर्मस्थली महाकाल मन्दिर नजिक प्रदेश न.३ -०१-०२३ च.४३०१ नम्बरको  गाडी जंगलतर्फ गइरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त गाडीमा टेलिकमको तार गुजुल्टो पारेको अवस्थामा उनीहरूलाई पक्राउ गरिको प्रहरीको भनाइ छ ।



    साथै उनीहरूको साथबाट तार काट्न प्रयोग गरिने बिभिन्न औजारहरु र ११४ मिटर कालो टेलिफोनको तार समेत बरामद गरिएको छ । उनीहरूमाथि महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार