Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • आजको मौसम : पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का वर्षा, उपत्यकामा पनि पानी पर्ने सम्भावना

    आजको मौसम : पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का वर्षा, उपत्यकामा पनि पानी पर्ने सम्भावना

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 945
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको कारण आज पनि देशका अधिकांश क्षेत्रको मौसम बदली भएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आज दिनभरी मौसम सामान्य देखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    यस्तै यी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । आज अन्य क्षेत्रको मौसम पनि सामान्यतया बद्ली हुने मौसमविद् कँडेलले बताए ।



    उनका अनुसार आज काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुनेछ । केही दिनयता लगातारजसो मौसम बद्लीसँगै हिमाली जिल्लामा हिमपात भइरहेको छ । यसले चिसो बढाएको छ ।



    आज राति पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ भने पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद् कँडेलको भनाई छ ।

    भोलि भने आजको भन्दा मौसममा केही सुधार आउने मौसमविद्को अनुमान छ । तर, पूर्णरुपमा मौसम खुल्न समय लाग्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार